भोलि हुने गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने | Khabarhub Khabarhub

भोलि हुने गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विषयमा सहमति जुटाउन बुधबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ ।

तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएका छन् ।

एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।

बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत काँग्रेसलाई जसपाले साथ दिएन । बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो ।

यादव बिहीबार सिरहामा राखिएको पार्टीको कार्यक्रममा सहभागी हुन जाँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनुपर्ने भए पनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।

‘एमसीसीको जनताले विरोध गरिरहेका छन्, चुनाव नजिकिएका बेला राष्ट्रघातको अभियोग किन सहने’ अध्यक्ष यादव निकट एक नेताले भने । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित हुन सक्ने उनको भनाइ छ ।

बुधबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ५९ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै