भोलि हुने गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने « Khabarhub

भोलि हुने गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विषयमा सहमति जुटाउन बुधबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ ।

तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएका छन् ।

एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।

बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत काँग्रेसलाई जसपाले साथ दिएन । बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो ।

यादव बिहीबार सिरहामा राखिएको पार्टीको कार्यक्रममा सहभागी हुन जाँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनुपर्ने भए पनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।

‘एमसीसीको जनताले विरोध गरिरहेका छन्, चुनाव नजिकिएका बेला राष्ट्रघातको अभियोग किन सहने’ अध्यक्ष यादव निकट एक नेताले भने । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित हुन सक्ने उनको भनाइ छ ।

बुधबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ५९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले