अन्तर्राष्ट्रिय बजारमा फेरि पेट्रोलियमको मूल्यवृद्धि, निगमलाई १५ दिनमा दुई अर्ब घाटा « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा फेरि पेट्रोलियमको मूल्यवृद्धि, निगमलाई १५ दिनमा दुई अर्ब घाटा


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको भन्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको छ ।

बुधबार इण्डियन आयल कर्पाेरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाएपछि निगमले विज्ञप्ति जारी गर्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको हो ।

विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा आईओसीले नयाँ मूल्य सूची पठाएको पनि निगमले जनाएको छ ।

आईओसीले पठाएको सूचीअनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेकोसमेत जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ४० बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल