घ्युकुमारी सेवन र प्रयोगका लाभै लाभ « Khabarhub

घ्युकुमारी सेवन र प्रयोगका लाभै लाभ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायजसो सबैको घरमा सजिलै पाइने घ्युकुमारी एक जडीबुटी हो । यसलाई आयुर्वेदिक औषधीका रूपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

घ्युकुमारी विभिन्न रोगहरूका लागि औषधीको रूपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसको सेवन गर्दा हुने लाभहरू निम्न छन् ।

– दैनिक रूपमा घ्युकुमारी सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।

– घ्युकुमारीको जुस खाँदा रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्ट्रोलको समस्या बढ्न पाउँदैन ।

– शरीरका कोष तथा कोशिका बिग्रिएको भए यसको जुसले पूर्ववत् अवस्थामा ल्याउँछ ।

– घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ ।

– अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुखेमा घ्युकुमारी खाँदा ठिक हुन्छ ।

– यसको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्छ ।

– घ्युकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।

– यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउनुका साथै कपाल पनि बलियो बनाउँछ ।

– शरीरको कुनै भाग आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।

– अनुहार लगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने दाग हराउँदै जान्छ ।

– आँखा वरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक