भारतबाट फर्केका दुई युवक लागुऔषधसहित पक्राउ « Khabarhub

भारतबाट फर्केका दुई युवक लागुऔषधसहित पक्राउ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको औरही नगरपालिका–४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागुऔषध तथा सुई बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ४१ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन