एनएसजेएफ अवार्डलाई नबिलको साथ « Khabarhub

एनएसजेएफ अवार्डलाई नबिलको साथ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को लागि नबिल बैंकले सहप्रायोजन गर्ने भएको छ । 

आज आयोजित एक कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा नेपाल खेलकुद मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले  हस्ताक्षर गरेका थिए  ।

१८ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आउँदो ८ चैतमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । सहप्रायोजक बनेबापत नबिलले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ ।

सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए । सुवेदीले सहप्रायोजन गरेकोमा प्रमुख कँडेल प्रति धन्यवाद व्यक्त गरेका थिए ।

स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

मनोनयनमा सन्तोषी श्रेष्ठ एथलेटिक्स, एन्जिला तुम्बापो सुब्बा फुटबल, एलिना महर्जन टेबलटेनिस, र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।

अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २६ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्