स्थानीयले बनाए सेभेन साइजको खेलमैदान « Khabarhub

स्थानीयले बनाए सेभेन साइजको खेलमैदान


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साइजको परशुराज राई बहुउद्देश्यीय खेल मैदान निर्माण गरेका हुन् ।

स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन भएको दुई लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरिएको हो ।

भूतपूर्व बेलायती सेना परशुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो ।

खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम परशुराज राई बहुउद्देश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो ।

स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लबका अध्यक्ष कृतमान राई लगायतको अगुवाइमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराउने परशुराज राईको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मान गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ३५ बजे

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर