जलविद्युतको उपयोग बढाउन मन्त्री भुसालको आग्रह « Khabarhub

जलविद्युतको उपयोग बढाउन मन्त्री भुसालको आग्रह


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको उपयोग बढाउन आग्रह गरेकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास जस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युतको प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकी हुन्। ।

 मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गरेकी थिइन्  ।

नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उनले आग्रह गरेकी छिन्।

भान्सा होस वा बाहन होस, सिँचाइका लागि होस वा उद्योगका लागि  इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ  उनले भनिन् ।

शहीद परिवारलाई रु तीन लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो ।

कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र रु एक लाखको चेक हस्तान्तरण गरिन्  । शहीद परिवारलाई प्रतिमहिना रु तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उनले जानकारी दिइन् ।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : २० बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्