सलमानले शेयर गरे ईदमा आउने फिल्मको ट्रेलर « Khabarhub

सलमानले शेयर गरे ईदमा आउने फिल्मको ट्रेलर


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केहि वर्ष यता ईदमा बलिउड स्टार सलमान खानले फिल्म रिलिज गर्ने गरेका छन् । उनको अभिनय रहेको फिल्म प्राय ईदमा प्रदर्शनमा आउने गरेको छ । गतवर्ष कोरोना भाइरसको दोस्रो लहरकै बीच ईदमा उनको फिल्म ’राधे : द मोस्ट वान्टेड भाइ’ ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।

ईदमा दर्शकले पनि सलमानको फिल्म अपेक्षा गर्ने भएकाले सलमानले यो पर्वलाई फिल्म रिलिज गर्दै आइरहेका छन् । यद्दपी आउँदो ईदका लागि उनीसँग फिल्म छैन । उनको छायांकनरत फिल्म ’टाइगर ३’ आउँदो वर्षको ईदमा घोषणा भएपछि यो पटक उनको फिल्म दर्शकले हेर्न पाउने छैनन् ।

यद्दपी उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दर्शकका लागि टिजर सार्वजनिक गरेका छन् । उनले आउँदो ईदमा रिलिज घोषणा भएको अमिताभ बच्चन र अजय देवगनको फिल्म ’रन–वे ३४’ को टिजर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा दर्शकका लागि आफ्नो तर्फबाट उपहार भएको समेत घोषणा गरेका छन् । ’मसँग यो ईदका लागि कुनै फिल्म छैन । त्यसैले मैंले मेरो भाई अजयलाई आग्रह गरे , त्यो डेटमा आउन । आउनुस् यो ईदलाई मनाउँ अनि हेरौं रन वे ३४’ सलमानले लेखेका छन् ।

सन् २०१५ मा घटेको एक घटनामा आधारित फिल्म ’रन–वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो । फिल्ममा अजय देवगन , अमिताभ बच्चन र राकुल प्रीत सिंह, क्यारीमिनाटी, बोमन ईरानीको अभिनय रहेको छ । यसमा अजय र राकुलले पाइलटको भूमिका निर्वाह गरेका छन् । अजयद्वारा निर्देशित फिल्ममा सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटनामा आधारित रहेर निर्माण गरिएको बताइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : १३ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर