उपभोक्ताको भान्सा महँगो हुँदै गएकाले  सरकार गम्भीर हुन आवश्यक- उपभोक्ता मञ्च  | Khabarhub Khabarhub

उपभोक्ताको भान्सा महँगो हुँदै गएकाले  सरकार गम्भीर हुन आवश्यक- उपभोक्ता मञ्च 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ताको भान्सा महँगो हुँदै गाएकाले सरकारले यस विषयमा गम्भीर हुन आवश्यक रहेको  घारणा व्यक्त गरेको छ ।

पछिल्लो समय अनियन्त्रितरूपमा भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगो भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने वक्ताहरूको धारणा थियो । 

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित ‘अनियन्त्रित मूल्यवृद्धि यसले उपभोक्तामा पारेको प्रभाव’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले महँगीका कारण उपभोक्ताको भान्सा बल्न कठिन अवस्था आएकाले बजारको नियमित अनुगमन गरी सरकारले मूल्य नियन्त्रण गर्नेतर्फ जोड दिनुपर्ने उनीहरूले बताएका थिए ।  

कार्यक्रममा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रजनी अमात्य जोन्छेले उपभोक्ता अधिकार संरक्षणका लागि केही नयाँ काम गर्न लागेको बताइन् । उनले हालको महँगीका कारण उपभोक्तालाई पर्न गएको असरलाई सहज होस् भन्दै केही राहतको कार्यक्रम ल्याउन लागिएको जानकारी दिइन्  ।

 कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले कुनै सामग्री खरिद गर्दा आफूलाई ठगिएको महसुस भए तत्काल ११३७ मा फोन गरेर विभागमा जानकारी दिन उपभोक्तालाई आग्रह गरेका थिए । 

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले हाल सरकारले गर्ने गरेको बजार अनुगमन प्रक्रिया सङ्घ, प्रदेश र स्थानीय तहबाट नभई एकद्वार प्रणालीबाट हुनुपर्ने धाराणा राखेका थिए । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले महँगीको मुख्य कारण विचौलिया रहेकाले तिनलाई कानूनी कारबाही गर्नतर्फ सरकार सक्रिय रहनुपर्ने बताएका छन् ।    

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : २५ बजे

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा

कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र न्यायालयप्रत