नेपाल र भारतका सुरक्षा अधिकारीले गरे सीमा क्षेत्रको निरीक्षण « Khabarhub

नेपाल र भारतका सुरक्षा अधिकारीले गरे सीमा क्षेत्रको निरीक्षण


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी-  नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको आज निरीक्षण गरेका  छन् ।

सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएको   नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन् ।  

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगरबर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बर सम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिएका छन्।

स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तम्भका अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी र नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रको निरीक्षण गरिएको प्रजिअ यादवले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ४० बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्