कमलपोखरीको उद्घाटन सम्पन्न « Khabarhub

कमलपोखरीको उद्घाटन सम्पन्न


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो चरणको काम सम्पन्न भएपछि आज कमलपोखरीको उद्घाटन भएको छ ।

कमलपोखरी पुननिर्माण गुरु योजना अनुसार दुई चरणमा पुननिर्माण हुँदैछ । पहिलो चरणको काम सकिएपछि आज साँझ  काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले पोखरीको उद्घाटन गरेका हुन् ।   

पोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि धनञ्जय कँडेल जेभी रानीबारीले रु छ करोड ३६ लाख ५९ हजार ६०४ मा जिम्मा पाएको थियो ।

 विसं २०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले २०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोभिड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुनःनिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो ।

 पोखरी उद्घाटन पछि प्रमुख शाक्यले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुननिर्माण गरिएको जानकारी दिए  । 

काठमाडौं महानगरपालिका १ का  वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरी वडा नं १ को शान र पहिचान हो भन्दै अब यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहेको बताएका थिए ।

पुनःनिर्माणका क्रममा २०७७ चैत मसान्तसम्ममा करिब साढे दुई करोड लिटर पानी भरिएको थियो । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी सकंलनजस्ता प्राकृतिक प्रविधि र बाह्य स्रोतबाट पानी प्राप्त गर्न सकिने दुवै विधि जडान गरिएको छ ।

पोखरी वरिपरि ठूलाठूला ढुङ्गा छापेर सिँढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ ।

यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न कलात्मक सिँढी बनाइएका छन् । कमल रोप्नका लागि चार कुनामा सानासाना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौतारा बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य तीन कुनामा प्रवेशद्वार बनाइएको छ ।

पुननिर्माण गुरु योजनाअनुसार निर्माणको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो ।

दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बिट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुला शारीरिक व्यायाम स्थल, ब्याडमिन्टन र बास्केटबल कोर्ट लगायत संरचना बनाइनेछ । पोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते प्रमुख शाक्यले नै शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ०२ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले