पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो « Khabarhub

पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – धेरै पालिकाहरूमा युवाहरूले जनप्रतिनिधि बन्न आकांक्षा देखाएका छन् । ३५ वर्षभन्दा मुनिका युवाहरूको जनप्रतिनिधि बन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ ।

बर्दिबास नगरपालिकाका वडा-१ का अध्यक्षका आकाङ्क्षी निरज अधिकारी र सौरभ खडका यसपालिको सत्ता सञ्चालन युवाहरूले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भए पनि युवाहरूले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरूको भनाइ छ ।

`पार्टीले युवाहरूलाई अग्रसर बनाएर नयाँ राजनैतिक धारको विकास गर्नुछ भने विकासका आधारहरु तयार गरेर रोजगारी सिर्जना गर्नु छ´ , उनीहरु दुबैकाे साझा भनाइ छ । त्यस्तै बर्दिबास-१०, ११ तथा वडा न.३ मा पनि युवाहरूले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न.३ का गणेश बस्नेत, पुर्ण वहादुर, नर वहादुर खनाललगायतले अ‌ाकांक्षा देखाएका छन् ।

अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोडन सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिकाे क्षमता र सोचलाई हेरेर आफ्नो मत प्रयोग गर्ने बत्ताइरहेको वेला युवा सहभागितालाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ ।

त्यस्तै अन्य वडाका युवाहरूले पनि आकाङ्क्षा देखाएका छन् । पाटीले युवा सहभागितालाई जोड दिने बत्ताइरहेको वेला युवाहरूको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् ।

राजनैतिक संस्कारलाइ परिवर्तन गर्न पनि युवाहरूले नेतृत्व लिनुपर्ने बर्दिबास-१ का सुदर्शन काफ्ले, वडा न.४ का हरि काफ्ले बताउँछन् ।

यसैबिच नेपाली काँग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरूमा उम्मेदवार टुङ्गो लगाए पनि अन्य पालिकाहरूमा प्रक्रियामा नै छ । नेपाली कांग्रेसका नेता चिरिन्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुङ्गो लगाएर सिफारिस भएका नामहरु जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा छ । अ‌ाकाक्षीहरुको संख्या अत्यधिक भएको कारणले उम्मेदवार टुङ्गो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०२ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको