जसपावाट विजयी मेयरसहितलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज सर्लाही आउने « Khabarhub

जसपावाट विजयी मेयरसहितलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज सर्लाही आउने


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भने, ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नेछन् ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रममार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित काङ्ग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्याशी राम विश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौँ नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २० बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर