जसपावाट विजयी मेयरसहितलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज सर्लाही आउने « Khabarhub

जसपावाट विजयी मेयरसहितलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज सर्लाही आउने


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भने, ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नेछन् ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

उनका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रममार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित काङ्ग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्याशी राम विश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौँ नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : २० बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको