कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् ।बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे सुरु हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुनेछ । उनकाअनुसार बैठकमा भरतपुर र वीरगन्ज महानगरको नेतृत्वबारे छलफल हुनेछ।

पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भए लगत्तै स्थानीय नेताले अस्वीकार गरेका थिए।

‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यतः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुंगोमा पुग्नेछ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागबन्डालाई कसरी व्यवस्थापन गर्ने ? भन्नेमा पनि बैठकले आवश्यक निर्णय लिनेछ ।’

सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागबन्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन्।

यही ५ वैशाखभित्र स्थानीय तहको भागबन्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ३१ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका