पञ्जाबमा प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क घोषणा « Khabarhub

पञ्जाबमा प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क घोषणा


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पन्जाब – पञ्जाबमा आम आद्मी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आद्मीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट बिजुली निःशुल्क दिइने बताइएको छ ।

भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै  ‘खुशीको खबर’ दिने बताएका थिए ।

‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो। छिट्टै पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्वीट गरेका थिए ।

पञ्जाब विधानसभा चुनावमा प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने आम आदमी पार्टीले गरेको प्रमुख वाचामध्ये एक थियो ।

राज्यमा अतिरिक्त बिजुली उत्पादन भए पनि लामो समय बिजुली कटौती गरिएको र धेरै मानिसहरूको बिलमा पैसा बढेर आउने गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ११ : २५ बजे

झापामा ‘बर्ड फ्लु’को प्रकोप : पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापा– यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक