सोसिडाड र बेटिस बराबरीमा रोकिए « Khabarhub

सोसिडाड र बेटिस बराबरीमा रोकिए


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड र रियल बेटिसले बराबरी खेल्दै अंक बाडेका छन्।

सोसिडाडको गृह मैदानमा शनिबार बिहान भएको खेलमा घरेलु टोली र बेटिसबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीमध्ये सोसिडाडले गोल गर्ने अत्याधिक अवसर गुमायो । निरन्तर गोल हान्ने बेटिसको प्रयास पनि सफल हुन सकेन। खेलको ९३औं मिनेटमा सोसिडाडका मिकेल मेरिनोले नबिल फेकिरविरुद्ध फल गरे । त्यसको १ मिनेटपश्चात अमार्यादित व्यवहार भन्दै रेफ्रीले रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई रेड कार्ड दिए । जसबाट १० खेलाडीमा झरेको सोसिडाडले रक्षात्मक शैली अपनायो । बेटिसले पनि खेल जित्ने अवसर गुमायो ।

रेड कार्ड पाएका डेभिडले आगामी शुक्रबार हुने बारसिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । सोसिडाड ५५ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ भने बेटिस ५७ अंकसहित पाँचौँ स्थानमा छ । बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ नभे रियल म्याड्रिड ७२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ०५ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको