अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी « Khabarhub

अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ ।

रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।

रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो ।

उक्त कूटनीतिक नोट अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले ‘भविष्यवाणी गर्न नसकिने परिणाम’ निम्त्याउन सक्ने बताइएको छ ।
दुई दिनअघि मात्रै जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको थियो ।

‘युक्रेनमा हतियार प्रणाली सहायता गर्नाले अप्रत्याशित परिणामहरू ल्याउन सक्छ’ अलजजीराले जनाएको छ, ‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैर जिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ।’

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : २० बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण