अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी « Khabarhub

अमेरिकाले अनपेक्षित परिणाम भोग्नुपर्ने रुसको चेतावनी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ ।

रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।

रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो ।

उक्त कूटनीतिक नोट अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले ‘भविष्यवाणी गर्न नसकिने परिणाम’ निम्त्याउन सक्ने बताइएको छ ।
दुई दिनअघि मात्रै जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको थियो ।

‘युक्रेनमा हतियार प्रणाली सहायता गर्नाले अप्रत्याशित परिणामहरू ल्याउन सक्छ’ अलजजीराले जनाएको छ, ‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैर जिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ।’

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : २० बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको