परिवर्तनलाई संस्थागत गर्ने गठबन्धन जिताऔँ : ऊर्जा मन्त्री भुसाल  « Khabarhub

परिवर्तनलाई संस्थागत गर्ने गठबन्धन जिताऔँ : ऊर्जा मन्त्री भुसाल 


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी निर्वाचन परिवर्तन संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने शक्तिबीचको लडाइँ भएको बताएकी छन्।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी हुन्।

जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको दाबी गरिन् ।

उनले भनिन्, ‘प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो ।’

जलविद्युतबाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उनले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिइएको पनि बताइन्।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ४० बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग