सरकार स्थानीय तह निर्वाचन पछि सार्न खोज्दैछ : महेश बस्नेत « Khabarhub

सरकार स्थानीय तह निर्वाचन पछि सार्न खोज्दैछ : महेश बस्नेत


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले) का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दाबी गरेका छन् ।

भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए ।

‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाहिँ संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’

गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको उनले बताए । यद्यपि, निर्वाचन आयोगको तीव्र तयारी र निर्वाचनप्रति जनताको लगाव देखेर सत्ता गठबन्धनले चुनाव सार्न सक्ने अवस्था भने नरहेको उनले दाबी गरे ।

‘पाँच दलभित्र पनि गठबन्धनको प्रक्रिया कति जटिल छ भन्ने हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘भरतपुरमा गठबन्धन अस्वीकार गर्छौँ भनेर कांग्रेसले खुला भनेको अवस्था छ । कांग्रेसका ठूला नेताहरू पनि गठबन्धन गर्ने या नगर्ने भनिरहेको अवस्था छ ।’

त्यस्तै, एमालेको चुनाव चिह्न सूर्य लिएर साना दलका उम्मेदवारले पनि चुनाव लड्न पाउने गरी गरेको सहमतिलाई गठबन्धन भन्न नमिल्ने उनले बताए । ‘नेकपा एमालेको आकर्षण र प्रभावबाट विभिन्न दलका नेताहरू नजिक हुनु भनेको एमालेसँग निकट हुनु हो,’ उनले भने ।

यसपालि देशभरी नै निर्वाचनमा एमालेले धावा बोल्ने उद्घोष गरिसकेको उनले बताए । ‘एमालेले गठबन्धन गर्नेभन्दा पनि एमालेप्रति आकर्षण भएका साथीहरूलाई एमालेको चुनाव चिह्न लिएर हामीसँग आउनु खोज्छन् भने हामीले यसलाई फराकिलो ढंगले लिन्छौँ,’ उनले भने ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  २ : ४५ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक