चन्द्रशमशेरका पालामा बनेको पुल अझै प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण « Khabarhub

चन्द्रशमशेरका पालामा बनेको पुल अझै प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् ।

चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी पुलबाट खसेको उनका छोरा प्रेमबहादुर पुनले बताए । उनको करङ र दुबै खुट्टा भाँचिएको छ । घाइते पुनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । कच्ची पुलमा राखिएको काठका फल्याक झरेपछि पुलबाट खसेर नदि किनारमा खसेकी हुन् ।

पुन मात्रै होइन यो पुलबाट खसेर वर्षेनी दर्जन बढी सर्वसाधारण घाइते हुन्छन् । जुनसुकै बेला पुलबाट खसेर घाइते भइन्छ भन्ने जान्दा जन्दै पनि सर्वसाधारण यही पुल प्रयोग गर्न बाध्य छन् । किनकी उनीहरूको विकल्प छैन । जीर्ण पूर्ण निर्माण गर्न स्थानीय सरकार र अन्य तहका सरकारले पनि चासो दिएका छैनन् ।

रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षौदेखि जीर्ण अवस्थामा छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाएको मटेलाको झोलुङ्गे पुलले अहिले पनि जेनतेन सेवा दिइरहेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ ।

अहिले झोलुङ्गे पुलको ठाउँ–ठाउँमा प्वाल परेको छ भने तारबारको जालीहरू फुत्किँदै गएको छ । पुलका विभिन्न भागमा रहेका नटबोल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका–११ कि विष्णु गिरी पढ्न विद्यालय जाने विद्यार्थीहरू समेत डराइ ,डराइ पुल तर्ने गरेको बताउँछिन् । उनले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोखिन ।

कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले वर्षौसम्म मर्मत नभएको र कसैले पनि संरक्षणमा ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताए ।

उक्त पुल ९० मिटर लामो छ । पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–४ का राजेन्द्रविक्रम शाहले बताए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।

जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्ज आवागमन गर्न निकै कष्ट भएपछि भेरी नदीमा पुल जरुरी रहेको भनेर राणा दरवारमा आग्रह गरेपछि पुल निर्माण भएको शाहको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ०९ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर