भरतपुरका ५० कांग्रेस नेताले राजीनामा दिँदै भने– कांग्रेस माओवादीकरण भयो « Khabarhub

भरतपुरका ५० कांग्रेस नेताले राजीनामा दिँदै भने– कांग्रेस माओवादीकरण भयो


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० कांग्रेस नेता तथा कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका कांग्रेस नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा उनीहरूले शनिबार औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्ववडाध्यक्ष देवनारायण महतो, वडाका पूर्वसभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए ।

पार्टी स्वार्थकेन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए ।

पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेकोसमेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैँ रहिरहने बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ०३ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको