कांग्रेस प्रवक्ता भन्छन्– स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ « Khabarhub

कांग्रेस प्रवक्ता भन्छन्– स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छ


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहमा चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने जनाएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले तालमेलको आवश्यक निर्णय गर्न स्थानीय तहलाई नै जिम्मा दिइएको भन्दै सहमति हुन नसके केन्द्रले टुङ्गो लगाउने बताएका हुन्।

गठबन्धनका साझा उम्मेद्वार तय गर्न स्थानीय तहमा गठबन्धनबीच नै प्रतिष्पर्धा हुने सक्ने उनले बताए । तर गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पारे। उनले गठबन्धनको मूल मर्म र भावनाअनुसार हुनेसम्म तालमेल गर्न भनिएको जानकारी दिए। उनले तालमेलमा समस्या देखिए छलफलबाटै निष्कर्ष निकाल्न सकिने भएकाले बाहिर जथाभावी नबोल्न निर्देशन दिइएको बताए।

महानगर र उपमहानगरका तहबाहेकका स्थानमा साझा उम्मेद्वार चयन गर्न केन्द्रले कुनै दबाब नदिएको उनले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : २९ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा