पूर्वमन्त्री कोइरालालाई शुक्लागण्डकीको मेयरमा उम्मेदवार बनाउने माओवादीको निर्णय « Khabarhub

पूर्वमन्त्री कोइरालालाई शुक्लागण्डकीको मेयरमा उम्मेदवार बनाउने माओवादीको निर्णय


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेकपा माओवादी केन्द्रले तनहुँकाे शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कोइराला हाल गण्डकी प्रदेशसभा सदस्य हुन् ।

गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडी सार्नु पर्दछ भन्ने ढंगले मेयर बनाउने निर्णय गरेका हौं । उहाँको मागभन्दा पनि पार्टीलाई आवश्यकता हो’, उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई माओवादीको समर्थनमा मेयरमा जिताएकाले यसपालि पैँचो तिर्नुपर्ने उनको भनाइ छ । गठबन्धनमा शुक्लागण्डकीको मेयर कुनै हालतमा नछाड्ने गुरुङको जिकिर छ ।

कोइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ११ : ०८ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा