भरतपुरमा रेणुलाई पछिपार्दै अघि बढे एमालेका विजय « Khabarhub

भरतपुरमा रेणुलाई पछिपार्दै अघि बढे एमालेका विजय


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बढाएका छन्। संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग कडा प्रतिस्पर्धा गर्दै विजयले अग्रता बढाएका हुन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले तीन हजार ४६ मत ल्याउँदा एमालेका सुवेदीले तीन हजार ७५ मत ल्याएका छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा २९ मतमा अन्तर देखिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हजार ३७ मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले विस्तारै पछाडि पार्दै गएका हुन्। आइतबार उनीहरुबी कडा टक्कर भएको थियो।

भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ । दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ । अहिले सम्म आठ हजार ८६३ मतको गणना सकिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ४० बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते