म्याग्दीको रघुगङ्गामा कांग्रेस विजयी « Khabarhub

म्याग्दीको रघुगङ्गामा कांग्रेस विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मीना विकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएका छन्।

आठ वटा वडा रहेको रघुगङ्गाको पाँच वटा वडा कांग्रेस र तीन वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। रघुगङ्गा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा ९रिम० र ८ कुइनेमङ्गलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा निर्वाचित भएका छन्।

१३ हजार ९४७ मतदाता रहेको रघुगङ्गामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचित हुने ४२ पदका लागि १३५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। जिल्लाको छ वटामध्ये दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन्। मतपरिणाम सार्वजनिक भएका ३० वटा वडामध्ये एमालेले १३, कांग्रेसले १२ र माओवादीले चार वटा वडामा जित हासिल गरेका छन्। अब १५ वटा वडा र चार वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २६ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक