भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउँदैछन्। ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी भारतबाटै सिधै लुम्बिनी आउन लागेका हुन्।

प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव लगायत छन्।

भारतीय प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेर बसेका छन्। लुम्बिनीमा दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन्। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उनले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताएका हुन्।

‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो’, मोदीले भनेका छन्।

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाको निमन्त्रणामा उनी आज विशेष विमानबाट यहाँ आउन लागेका हुन्।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ५२ बजे

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि