भरतपुरमा गठबन्धनलाई एमालेको टक्कर: रेणु र विजयको चर्को प्रतिस्पर्धा « Khabarhub

भरतपुरमा गठबन्धनलाई एमालेको टक्कर: रेणु र विजयको चर्को प्रतिस्पर्धा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामासत्ता गठबन्धन र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। उनले संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग कडा टक्कर दिएका हुन्।

सोमबार बिहानसम्म ९ हजार ३७० मत गणना हुँदा एमालेका सुवेदीले ३३ सय २४ मत ल्याएका छन् भने गठबन्धनकी रेणुले ३३ सय ६ मत पाएकी छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा १८ मतमा अन्तर देखिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ सय ८७ मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले विस्तारै पछाडि पार्दै गएका हुन्। आइतबार उनीहरुबीच कडा टक्कर भएको थियो। सोमबार बिहान आइपुग्दा रेणुको मत फेरि बढ्दै गएको छ।

भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ। दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन्। वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ उनले तीन हजार ६ सय ८८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ दुई हजार ६५० मतसहित उनलाई पछ्याइरहेकी छन्।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : २२ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक