भरतपुरमा गठबन्धनलाई एमालेको टक्कर: रेणु र विजयको चर्को प्रतिस्पर्धा « Khabarhub

भरतपुरमा गठबन्धनलाई एमालेको टक्कर: रेणु र विजयको चर्को प्रतिस्पर्धा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामासत्ता गठबन्धन र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। उनले संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग कडा टक्कर दिएका हुन्।

सोमबार बिहानसम्म ९ हजार ३७० मत गणना हुँदा एमालेका सुवेदीले ३३ सय २४ मत ल्याएका छन् भने गठबन्धनकी रेणुले ३३ सय ६ मत पाएकी छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा १८ मतमा अन्तर देखिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ सय ८७ मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले विस्तारै पछाडि पार्दै गएका हुन्। आइतबार उनीहरुबीच कडा टक्कर भएको थियो। सोमबार बिहान आइपुग्दा रेणुको मत फेरि बढ्दै गएको छ।

भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ। दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन्। वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ उनले तीन हजार ६ सय ८८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ दुई हजार ६५० मतसहित उनलाई पछ्याइरहेकी छन्।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : २२ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ