रसुवाको गोसाइँकुण्डमा एमाले विजयी « Khabarhub

रसुवाको गोसाइँकुण्डमा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।

उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।

यो पालिकामा ६ वटा वडा छन् । वडा नम्बर १ मा एमालेका उर्केन छिरिङ तामाङ, २ मा कांग्रेसका कामी छिरिङ तामाङ, ३ मा एमालेका मिङमार छिरिङ तामाङ, ४ मा कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, ५ मा एमालेका दावा मिङमार तामाङ र ६ मा एमालेका दावा सिदार वाइबा विजयी भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा ५ हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ३१ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको