लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी « Khabarhub

लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी एमालेकी कृष्ण गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद आचार्यले बताए ।

वडा १ मा कांग्रेसका दुर्गामान गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ सय ८१ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याएका छन् । वडा २ मा माओवादी केन्द्रका अमर गुरुङ ६ सय ६८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याएका छन् ।

वडा ३ मा स्वतन्त्रका श्याम गुरुङ २ सय २८ मतका विजयी भएका छन् । निकटम माओवादी केन्द्रका उम्मेदवार औतराम तमाङले २ स २४ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् । वडा ४ मा कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङ ४ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी एमालेका प्रीतम गुरुङले २ सय ४० मत ल्याएका छन् ।

वडा ५ मा एमालेका दलबहादुर गुरुङ ४ सय ८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर गुरुङले ३ सय ४३ मत पाएका छन् । वडा ६ मा कांग्रेसका मनिष गुरुङ ७ सय ४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६ सय ११ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ०४ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा