महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता « Khabarhub

महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रको दबदबा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झन्डै १ हजार मतले  माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए ।

प्यानलसहित दर्ता गरेका क्षेत्री समूहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न.७, १४ र वडा न.१ मा  क्षेत्री समूहको जेब्रा चिह्नबाट जित हासिल गरेको हो ।

वडा न.७ मा रामसोगारथ यादव, वडा न.८ मा भोला यादव र वडा न.१४ विजय महतो विजयी वनेका छन् । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १ /१ मतले विजयी बन्दै गएका छन् ।

वडा न.१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाई जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन्  ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : १९ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा