महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता « Khabarhub

महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रको दबदबा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झन्डै १ हजार मतले  माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए ।

प्यानलसहित दर्ता गरेका क्षेत्री समूहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न.७, १४ र वडा न.१ मा  क्षेत्री समूहको जेब्रा चिह्नबाट जित हासिल गरेको हो ।

वडा न.७ मा रामसोगारथ यादव, वडा न.८ मा भोला यादव र वडा न.१४ विजय महतो विजयी वनेका छन् । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १ /१ मतले विजयी बन्दै गएका छन् ।

वडा न.१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाई जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन्  ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : १९ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको