मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी « Khabarhub

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरे ।

यस गाउँपालिकाको पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुईवटा वडामा मात्र जित हात पार्न सफल भयो ।

त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी भए । आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा (माओवादी केन्द्र)का बद्रीबहादुर स्याङ्तानलाई पराजित गरे । लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा(एमाले) की पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरे ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ४५ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा