टी–ट्वान्टी सिरिजमा आज नेपाल र युगान्डा भिड्दै « Khabarhub

टी–ट्वान्टी सिरिजमा आज नेपाल र युगान्डा भिड्दै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र युगान्डाको महिला क्रिकेट टोलीबीचको टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा दिउँसो १ बजे यी दुई टोली आमने सामने हुनेछन् ।

नेपाल र युगान्डाबीचको खेलमा दर्शकको सहभागिता बढाउन प्रवेश निःशुल्क गरिएको छ । साथै नेपाली महिला टोलीको प्रोत्साहनको लागि पारिश्रमिक पनि बढाइएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

युगान्डाविरुद्धको सिरिज नेपाली टोलीको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालमा आयोजना भएको १३ औँ सागमा महिला टोलीले पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । महिला क्रिकेट टोलीका लागि यो दोस्रो अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज हो ।

कतारमा आयोजित पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा भने नेपालले क्लिन स्विप गरेको थियो । नेपाल र युगान्डाबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार, तेस्रो बिहीबार र चौथो शुक्रबार हुनेछ । दुई देशबीचको पाँचौँ टी–ट्वान्टी खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ५१ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा