रहेनन् निर्देशक लामा  « Khabarhub

रहेनन् निर्देशक लामा 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । 

अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो ।

आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको बौद्ध धर्मअनुसार स्वयम्भूनाथ घाटमा दिउँसो ३ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

लामाले पहिलो पटक फिल्म ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए । यो फिल्मले थुप्रै कलाकारलाई ब्रेक दिएको थियो ।

उनका छोरा विजय लामासँगै यही फिल्मबाट अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, मोहन निरौला, उज्जल घिमिरे, संगीतकार मदन परियारले आफ्नो करियरको सुरुवात गरेका थिए ।

फिल्ममा लामाकै कथा, पटकथा तथा संवाद रहेको थियो । २०७७ सालमा नेपाल चलचित्र निर्देशक समाजले लामालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

विजय लामाले पितालाई सम्झँदै फेसबुकमा लेखेका छन्, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ तर मलाई विश्वास छ तिमी जहाँ छौ खुशी छौ र तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ३९ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित