रहेनन् निर्देशक लामा  « Khabarhub

रहेनन् निर्देशक लामा 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । 

अभिनेता तथा पाइलट विजय लामाका पितासमेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतबार दिउँसो निधन भएको हो ।

आज सोमबार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको बौद्ध धर्मअनुसार स्वयम्भूनाथ घाटमा दिउँसो ३ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

लामाले पहिलो पटक फिल्म ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए । यो फिल्मले थुप्रै कलाकारलाई ब्रेक दिएको थियो ।

उनका छोरा विजय लामासँगै यही फिल्मबाट अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, मोहन निरौला, उज्जल घिमिरे, संगीतकार मदन परियारले आफ्नो करियरको सुरुवात गरेका थिए ।

फिल्ममा लामाकै कथा, पटकथा तथा संवाद रहेको थियो । २०७७ सालमा नेपाल चलचित्र निर्देशक समाजले लामालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

विजय लामाले पितालाई सम्झँदै फेसबुकमा लेखेका छन्, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ तर मलाई विश्वास छ तिमी जहाँ छौ खुशी छौ र तिम्रो खुशी नै मेरो खुशी हुनेछ ।’

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ३९ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि