४६ वर्षपछि पर्वतको बर्राचौरमा कांग्रेसका उम्मेदवार पौडेल विजयी « Khabarhub

४६ वर्षपछि पर्वतको बर्राचौरमा कांग्रेसका उम्मेदवार पौडेल विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पर्वतको विहादी गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा एमाले उम्मेदवार रामप्रसाद पराजुलीलाई ९४ मतले पराजित गर्दै कांग्रेसका गणेश शर्मा पौडेलले शानदार जीत निकालेका हुन् । वडा अध्यक्ष चुनिएका पौडेलले ५ सय ५५ मत प्राप्त गर्दा पराजुलीले ४ सय ६१ मत प्राप्त गरे । उक्त वडामा जम्मा ११ सय ८५ मत खसेको थियो ।

स्थानीय आम्बारी माविका प्रधानाध्यापक रहेका पौडेलले प्रधानाध्यापक पदबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएका थिए कांग्रेसका निवर्तमान वडा अध्यक्ष हरिप्रसाद पराजुली (पाका नेता बिचारी) ले यो वडामा कांग्रेसले ४६ वर्षपछि नेतृत्व हत्याउन सफल भएको बताएका छन् । पञ्चायती कालमा २०३३ सालमा प्रजातान्त्रिक व्यक्तिले साबिकको बर्राचौर गाविस अध्यक्ष जिते यता हरेक चुनाबमा कम्युनिष्ट हाबी हुँदै आएकोमा शर्माको नेतृत्वमा आफूहरु इतिहास रच्न सफल भएको पराजुलीले बताए ।

सदस्यतर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्ण पुरी र नेकपा माओवादी केन्द्रका ज्ञानु गिरी विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा अन्तिम पटक सुनाइएको परिणाममा अप्रत्याशित नतिजा निकाल्दै एमालेका सुकमाया गुरुङ र यमकला नेपाली विजयी भएका छन् । कांग्रेसकी सुशिला नेपाली महिला सदस्यमा ८ मतले पछि परिन् । दलित महिलामा नेपालीली माओवादी केन्द्रकी जमुना सुनारलाई पछि पारिन् । विहादी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका परवीन गुरुङ र एमालेका ओमप्रसाद कुंवरबीच कडा टक्कर देखिरहेको छ ।

२ वडा गणना हुँदा गुरुङ झिनो मतले अगाडि छन् । हाल ३ नं वडाको गणना जारी छ । कांग्रेसका हरि न्यौपानेले सुरुवाती अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ०० बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित