४६ वर्षपछि पर्वतको बर्राचौरमा कांग्रेसका उम्मेदवार पौडेल विजयी « Khabarhub

४६ वर्षपछि पर्वतको बर्राचौरमा कांग्रेसका उम्मेदवार पौडेल विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पर्वतको विहादी गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा एमाले उम्मेदवार रामप्रसाद पराजुलीलाई ९४ मतले पराजित गर्दै कांग्रेसका गणेश शर्मा पौडेलले शानदार जीत निकालेका हुन् । वडा अध्यक्ष चुनिएका पौडेलले ५ सय ५५ मत प्राप्त गर्दा पराजुलीले ४ सय ६१ मत प्राप्त गरे । उक्त वडामा जम्मा ११ सय ८५ मत खसेको थियो ।

स्थानीय आम्बारी माविका प्रधानाध्यापक रहेका पौडेलले प्रधानाध्यापक पदबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएका थिए कांग्रेसका निवर्तमान वडा अध्यक्ष हरिप्रसाद पराजुली (पाका नेता बिचारी) ले यो वडामा कांग्रेसले ४६ वर्षपछि नेतृत्व हत्याउन सफल भएको बताएका छन् । पञ्चायती कालमा २०३३ सालमा प्रजातान्त्रिक व्यक्तिले साबिकको बर्राचौर गाविस अध्यक्ष जिते यता हरेक चुनाबमा कम्युनिष्ट हाबी हुँदै आएकोमा शर्माको नेतृत्वमा आफूहरु इतिहास रच्न सफल भएको पराजुलीले बताए ।

सदस्यतर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्ण पुरी र नेकपा माओवादी केन्द्रका ज्ञानु गिरी विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा अन्तिम पटक सुनाइएको परिणाममा अप्रत्याशित नतिजा निकाल्दै एमालेका सुकमाया गुरुङ र यमकला नेपाली विजयी भएका छन् । कांग्रेसकी सुशिला नेपाली महिला सदस्यमा ८ मतले पछि परिन् । दलित महिलामा नेपालीली माओवादी केन्द्रकी जमुना सुनारलाई पछि पारिन् । विहादी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका परवीन गुरुङ र एमालेका ओमप्रसाद कुंवरबीच कडा टक्कर देखिरहेको छ ।

२ वडा गणना हुँदा गुरुङ झिनो मतले अगाडि छन् । हाल ३ नं वडाको गणना जारी छ । कांग्रेसका हरि न्यौपानेले सुरुवाती अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ०० बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि