स्थगित भयो ‘आईफा अवार्ड २०२२’ « Khabarhub

स्थगित भयो ‘आईफा अवार्ड २०२२’


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईको अबु धाबीमा २०–२१ मे २०२२ मा हुने भनिएको बलिउडको प्रतिष्ठित अवार्ड ‘आईफा अवार्ड २०२२’ संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधनका कारण स्थगित गरिएको हो ।

राष्ट्रपति शेखको शुक्रबार निधन भएको थियो । राष्ट्रपति शेखको निधनमा ४० दिने राष्ट्रिय बिदाको अलवा झण्डा आधा झुकाइएको छ ।राष्ट्रपति शेखको निधनको कारण युएईमा ४० दिने शोकको घोषणा गरिएपछि अवार्ड १४ देखि १६ जुलाईमा आयोजना हुने आयोजकले जनाएको छ । 

आईफा आइल्याण्डमा आयोजना गरिएको कार्यक्रम थियो । यस पटक अवार्डमा छायांकन, पटकथा, संवाद, सम्पादन, कोरियोग्राफी, साउन्ड डिजाइन, साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर र स्पेशल इफेक्ट (भिजुअल) गरी ९ विधा समावेश गरिएको छ । कार्यक्रम संस्कृति तथा पर्यटन विभाग –अबु धाबी (डीसीटी) को सहकार्यमा आयोजना हुन लागेको हो । 

बलिउड सुपरस्टार सलमान खान, रितेश देशमुख, मनीष पोल, रणवीर सिंह, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, अनन्या पाण्डे, दिव्या खोसला कुमार र नोरा फतेही कार्यक्रम सहभागी हुने तय भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ३१ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर