गायक राजु चढे सगरमाथा | Khabarhub Khabarhub

गायक राजु चढे सगरमाथा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक राजु लामा आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सर्वोच्च शिखर चढेका हुन् । लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन् भने उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन् ।

आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए । राजुले यसअघि ६ हजार ५ सय ७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

जलवायु संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ल्याएको जोखिमबारे आफूले हिमाल बढेको लामाले बताएका थिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : १५ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु