बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने « Khabarhub

बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ ।

नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय बरहथवाले जेठ १ गते सर्बदलिय बैठक राखेर त्यहाँ मतदानको मिति जेठ ३ गते मंगलबारलाई तोकिएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । ‘पहिला भएको मतदानलाई रद्द गरेर नयाँ मतदान गर्ने निर्णय गरेका छौँ । पहिलाको मतदानलाई सर्वदलीयको उपस्थितिमा पोको पारेर लाहा छाप लगाई शिलबन्दी गरिएको छ’ मतदान अधिकृत पंगेनीले बताए ।

उनका अनुसार वडा नम्बर १७ मा मंगलबार मतदान सकिए लगतै सर्वदलीयको बैठक अनुसार अन्य वडामा मत गणना सुरु हुनेछ । ‘मंगलबार बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ’ उनले भने । वडा नम्बर १७ मा भएको मतदानमा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारको आरोप छ । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेद्वार रामविश्वास राय लगायतले नेकपा माओवादी केन्द्रका वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको समेत उल्लेख छ ।

वडा नं. १७ को आधारभूत विद्यालय परोरियाको मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एक हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार गरिएको मतदानमा ३ सय ७२ मत मात्र खसेको थियो ।

१७ नम्बर वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन न  सकेको हो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ५७ बजे

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको