बालेनसँग जोडिएका निर्मल « Khabarhub

बालेनसँग जोडिएका निर्मल


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको मतगणना भइरहेको छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले पाइरहेको मतका कारण पनि यहाँ धेरैको ध्यान तानिएको छ ।

देशकै पहिलो महानगरपालिका र बढी सम्भावना भएका कारण पनि काठमाडौँप्रति चासो बढ्नु स्वाभाविक नै हो । त्यसमाथि कुनै सङ्गठन बिना बालेनले ल्याएको मत परिणाम आफैमा अन्य राजनीतिक दलको लागि सहज छैन । अहिले बालेनले लिएको अग्रतामा गठबन्धन र नेकपा एमालेको कुल मत जोड्दा पनि सँगै हुने अवस्था छैन । बालेनको चुनावी कार्यक्रममा यसपटक निर्मल शर्माको सक्रियता देखियो । दर्शकबाट गैँडाको उपनाम समेत पाएका निर्मलले उनलाई खुलेरै सहयोग गरे ।

No description available.

‘मैले अघिल्लो चुनाव २०७४ मा पनि रन्जु दर्शनालाई सहयोग गरेको थिए । उनी दलबाट भएकाले त्यति खुलेर गरिन् । तर, यसपटक उम्मेदवार स्वतन्त्र भएकाले मलाई सहज भयो’ निर्मलले भने । उनले बालेनको चुनावी गतिविधिलाई सघाउन थालेको झन्डै ६ महिना भइसक्यो । बालेन र निर्मलको बसाई नजिक मात्र होइन साथी सर्कल पनि उस्तै भएपछि सामिप्यता झन् बढ्यो । ‘हाम्रो सर्कल उस्तै रहेछ । गायकको रुपमा चिनेको बालेनलाई त्यसै कारण मेयरको प्रत्याशीको रुपमा चिन्ने मौका पाए । उनको भिजन, सोचलाई सघाउने मनसाय बनाएर मैदानमा उत्रिएको हु’ निर्मलले भने ।

त्यसो त निर्मलले बालेनको गतिविधिलाई पहिले देखि नै नियाली समेत रहेका थिए । बालेनले भूकम्पको समयमा गरेको गतिविधिलाई टाढाबाट महसुस गरेका निर्मलले कोरोना भाइरसको कारण निम्तिएको महामारीको समयमा भने नजिकबाट बुझेँ । ‘कोरोनाको समयमा बालेनले गरेका सामाजिक कार्य प्रशंसनीय थिए । उनले एक्लो प्रयासबाट गरेको काम सरकारी निकायबाट हुनु पर्ने थियो । त्यो पनि एउटा कारण बन्यो उनलाई सघाउने’ उनले भने ।

उनी बालेनको तर्फबाट पर्यवेक्षक भएर समेत ९ मतदान केन्द्रमा खटिए । चुनावी गतिविधिमा देखिएको विश्वास त्यहाँ मतमा परिणत भएको पाए । ‘मतदान केन्द्रमा भेटिएका अधिकांश मतदाताहरुले मेयरमा बालेन रोजेको पाए । उनले ल्याएको प्रतिबद्धताले स्थानीय युवा आकर्षित भएको पाए’ निर्मलले भने । त्यसो त अघिल्लो निर्वाचनमा उमेर अपुग भएर मतदान गर्न नपाएका ३० हजार मतदाता थपिएका छन् । त्यहाँ मध्येको अधिकांश मत तान्न बालेनको समूह सफल भएको पाइएको छ ।

‘हामीले युवालाई उनीहरुकै माध्यमबाट हाम्रो योजना पुर्‍यायौँ । डिजिटल युगमा प्रविधिको मद्दतले युवा कहाँ पुगेर हामी घरदैलोमा त्यसपछि पुगेका हौँ’ निर्मलले भने । उनको अनुसार यसपटक पार्टीकै कार्यकर्ताले पनि एक मत बालेनलाई दिएका छन् । ‘मेयरमा बालेन त्यसपछि आफ्नो पार्टीलाई मतदान गरेको पनि पाइयो । पार्टीमा नदेखिएकाले त सहजै मत दिएका छन्’ निर्मलले भने ।

उनी स्वयं बालेनले पाएको साथले अब भिजन भएका स्वतन्त्र उम्मेदवार अगाडि आउने बत्ताउँछन् । ‘अब स्वतन्त्र उम्मेदवारले चुनाव लड्न सक्नेछन् । धेरै खर्च नगरी आफ्नो योजना र दक्षताको भरमा चुनाव लड्न सकिने छ । आउँदो प्रदेश र संघको निर्वाचनमा समेत नयाँ शक्ति उदाउन सक्ने छ’ निर्मलले भने ।

उनी बालेन विजयी भएको खण्डमा गरिएका प्रतिबद्धताहरू एक एक गरेर पुरा गर्न सकिने देख्छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : ३० बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित