जन्मदिनमा निखील : ‘आफ्नो महत्व र उपस्थिति बुझ्ने कोसिशमा छु’ « Khabarhub

जन्मदिनमा निखील : ‘आफ्नो महत्व र उपस्थिति बुझ्ने कोसिशमा छु’


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता निखिल उप्रेतीले पाएको अर्को उपनाम हो, एक्सन स्टार । 

उनले डेब्यु फिल्ममै सात तल्ले भवनबाट जम्प गरेपछि नेपाली फिल्मका दर्शक माझ परिचित बने । किनकी त्यो समयमा अहिलेको जस्तो सेफ्टी युज हुन्थेन । अनि जे हुन्थ्यो, आफ्नै  रिक्समा गरिन्थ्यो । त्यसपछि उनलाई दर्शकले  ‘एक्सन हिरो’ भन्न थाले । दर्शकले एक्सन मन पराएपछि मात्र होइन नेपाली फिल्मको एक्सनमा नयाँ ट्रेन्ड ल्याएपछि उनलाई मिडियामा ‘एक्सन स्टार’ भन्न थालियो । उनका फिल्ममा एक्सनको नयाँपन हुने भएकाले दर्शक प्रतीक्षित हुन् थाले । उनले नेपाली फिल्ममा एक्सन शैलीलाई मात्र परिवर्तन गरेनन्, उनी पछाडि आउने एक्टरहरुले उनलाई नै पछ्याए ।

No description available.

 

लामो समय नेपाली फिल्ममा ‘अनुहार बिक्ने हिरो’ को रुपमा समेत चिनिएका निखिल अहिले फेरिएका छन् । उनको जीवनशैली नै फेरिएको छ । रूप, पहिरन, लगाउने पोसाक र खाने खानासँगै जीवनशैलीमै उनले परिवर्तन ल्याएका हुन् । उनलाई एक्सनस्टार भन्नेहरू सम्बोधी प्रवचक भन्न थालेका छन् । उनी देवालय पुग्छन् । प्रवचन दिन्छन् । उनका दर्शकश्रोता फेरिएका छन् । अहिले उनलाई अभिनेतासँगै प्रवचकका रुपमा चिन्नेको संख्या बढ्दै छ । सँधै हिरो भनेर गरिने सम्बोधनमा पनि परिवर्तन आएको छ । प्रवचकको रूपमा निमन्त्रणा आउँछ । उनी नहिच्किचाई जान्छन्’ प्रवचन दिन्छन् ।

किनकी पछिल्लो समय निखिल फिल्मभन्दा पनि अध्यात्मतर्फ लागेका छन् । सफाचट व्यक्तित्व बनाएका निखिल पछिल्लो समय लामो दाह्री र कपालमा प्रस्तुत छन् । उनले फिल्मभन्दा पनि अध्यात्मतर्फ आफूलाई मोडेका छन् । आज जन्मदिन परेका निखिलले एक तस्बिर सार्वजनिक गरेका छन् । उनले आफू २/३ वर्षको हुँदा र अहिलेको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । तस्बिरमा निखिलसँगै उनका पिता र माता छिन् । 

आफ्नो लागि जन्मदिन पनि अन्य दिन झैँ रहेको निखिलले बताए । ‘मेरो लागि अन्य दिन दिन झैँ यो सामान्य दिन हो । आज मैले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले पनि समय यात्रालाई जनाउँछ’ उनले भने । आफ्नो जन्मदिनमा केही ‘नोस्टाल्जिक’ भएका निखिलले यस दिनमा जीवन के हो प्रश्नले झ्झ्क्याउने बताए । ‘मेरो उद्देश्य फिल्ममा सुपरस्टार बन्नु होइन । मैले गरेको कर्मले दिएको फल हो त्यो सब । मलाई आजको दिनमा मैले जीवनलाई कति बुझे भन्ने प्रश्नले सताउने गर्छु’ निखिलले भने ।

जीवनमा जीवनको महत्व बुझेर मात्र यात्रा समाप्त गर्ने उनको चाहना छ । ‘समय यात्रामा आफ्नो महत्वसँगै उपस्थिति बुझ्ने सके मात्र जीवन सार्थक हुन्छ’ उनले भने ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ०३ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित