शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता « Khabarhub

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले अग्रता कायम गरेका छन् । 

श्रेष्ठले दुई हजार ३१७ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाईँले दुई हजार २७७ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याए । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरे। जनता समाजवादी पार्टी जसपा का भुवन वाइवाले ५८ मत पाएका छन् ।

नगर उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन्। एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन् । 

नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ३१ बजे

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता