सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी « Khabarhub

सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगाबीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा समाज कल्याण र सााँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

साँगाका लागि निरक लिम्बुले गोल गरे भने समाज कल्याणका लागि बिपिन पराजुलीले गोल फर्काए । खेलको ८६ औं मिनेटमा लिम्बुको गोलले साँगाले अग्रता लियो ।

तर, खेलको इन्जुरी टाइममा बिपिन पराजुलीले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काउन सफल भए ।

 साँगाका रवि कुमार म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा झापा फुटबल क्लब र रानीवन स्पोर्ट्स क्लब दिउँसोमा ४ बजे आमने सामने हुनेछन् ।

झापा सातौं जित निकाल्न चाहन्छ भने रानीवन तेस्रो जितको खोजीमा रहेको छ । १९ अंकसहित झापा अंकतालिकाको दोस्रो स्थानमा छ भने ७ अंकसहित रानीवन ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ३८ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि