सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी « Khabarhub

सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगाबीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा समाज कल्याण र सााँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

साँगाका लागि निरक लिम्बुले गोल गरे भने समाज कल्याणका लागि बिपिन पराजुलीले गोल फर्काए । खेलको ८६ औं मिनेटमा लिम्बुको गोलले साँगाले अग्रता लियो ।

तर, खेलको इन्जुरी टाइममा बिपिन पराजुलीले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काउन सफल भए ।

 साँगाका रवि कुमार म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा झापा फुटबल क्लब र रानीवन स्पोर्ट्स क्लब दिउँसोमा ४ बजे आमने सामने हुनेछन् ।

झापा सातौं जित निकाल्न चाहन्छ भने रानीवन तेस्रो जितको खोजीमा रहेको छ । १९ अंकसहित झापा अंकतालिकाको दोस्रो स्थानमा छ भने ७ अंकसहित रानीवन ९ औँ स्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ३८ बजे

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता