रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी   « Khabarhub

रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी  


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यसै क्रममा रसुवाका पाँच पालिकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ । 

सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै, नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले हालसम्म कालिका–१ मा मात्रै जित हासिल गरेको छ । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : १९ बजे

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको