रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी   « Khabarhub

रसुवाको २४ वडाको मत परिणाम सार्वजनिक, १२ एमाले र ११ वडामा कांग्रेस विजयी  


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

यसै क्रममा रसुवाका पाँच पालिकाका २४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १२, कांग्रेसले ११ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ । 

सोमबार दिउँसो २ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाइँकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै, नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, नौकुण्डको १, ४ र ५, गोसाइँकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले हालसम्म कालिका–१ मा मात्रै जित हासिल गरेको छ । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : १९ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि