नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर  « Khabarhub

नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको समयमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार बुद्धिस्ट अध्ययनको लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आइसीसीआर) बीच हस्ताक्षर भएको छ ।

यस्तै, भारतीय अध्ययनको लागि आइसीसीआर चेयरको स्थापना सम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आइसीसीआरबीच हस्ताक्षर भएको छ ।

भारतीय अध्ययनको लागि आइसीसीआर चेयरको स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आइसीसीआरबीच हस्ताक्षर भएको छ ।

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटि–एम)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार नै काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटि) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ ।

अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक  सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : ५० बजे

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको