नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर  « Khabarhub

नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको समयमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार बुद्धिस्ट अध्ययनको लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आइसीसीआर) बीच हस्ताक्षर भएको छ ।

यस्तै, भारतीय अध्ययनको लागि आइसीसीआर चेयरको स्थापना सम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आइसीसीआरबीच हस्ताक्षर भएको छ ।

भारतीय अध्ययनको लागि आइसीसीआर चेयरको स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आइसीसीआरबीच हस्ताक्षर भएको छ ।

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटि–एम)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार नै काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटि) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ ।

अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक  सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : ५० बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि