महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित | Khabarhub Khabarhub

महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युगाण्डासँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको हो । 

युगाण्डाले दिएको १ सय ३ रनको लक्ष्य नेपालले भेटाउन नसकेपछि नेपालले हार व्यहोरेको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन बनाउन सफल भयो । नेपालका लागि इन्दु बर्माले १६, डली भट्टले १३ रन र विन्दु रावलले १२ रन जोडिन् । 

टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए । 

युगाण्डा विरुद्धको सिरिज नेपाली महिला क्रिकेट टोलीको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालमा आयोजना भएको १३ औँ साग गेम्समा महिला टोलीले पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।

महिला क्रिकेट टोलीका लागि यो दोस्रो अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज हो । गत वर्ष कतार भ्रमणमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने नेपालले क्लिन स्विप गरेको थियो ।

नेपाल र युगाण्डाबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार, तेस्रो खेल बिहीबार र चौथो खेल शुक्रबार हुनेछ । दुई देशबीचको पाँचौँ टी–ट्वान्टी खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : ५९ बजे

इलामबाट उद्धार गरिएको कालो चितुवा चिडियाखानामा (तस्बिरहरू)

काठमाडौं– जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो

वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा भाइरसको परीक्षण

काठमाडौं– वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

त्रिवेणी– धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/ ०८३ मा