रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे « Khabarhub

रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे


२ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका छन् ।

खार्किभ शहर आसपास रुसविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेन सैनिकहरू रुसको सीमासम्म पुगेको खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेगुबोभले बताए ।

रुसी फौजलाई लखेटेका युक्रेनी फौजले रुस–युक्रेन सीमाको चिन्ह पनि मिलाइदिएको गभर्नर सिनेगुबोभले बताए ।

‘हामीलाई हाम्रा सैनिकप्रति गौरव छ उनीहरूले सीमाको चिनह पनि मिलाएका छन् ।’ उनले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गरेका छन् ।

‘हामी ज्यान जोखिममा राखेर युक्रेनलाई मुक्त गर्ने सबैलाई धन्यवाद दिन्छौँ ।’ सिनेगुभोबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण थालेको रुसी फौजले दोस्रो चरणमा पछिल्लो समय युक्रेनको पूर्वी तथा दक्षिणी भूभागमा कारवाही गरिरहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको