झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु « Khabarhub

झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– भारतबाट प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा आज झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार आज अपराह्न ३ः४५ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवार आज अपराह्न १ बजेतिर स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणमा घाइते भएका हुन्। पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको छ ।

शनिबार राति झापाको उत्तरी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा भारतबाट १५ वटा जंगली हात्ती छावासहित पसेको स्थानीयवासी शंकर लुइँटेलले जानकारी दिए। तिनै हात्ती छरिएर झापाको विभिन्न सामुदायिक वनतिर पसेको अनुमान गरिएको छ ।

गए राति मेचीनगर–१३ स्थित निचाझोडा जङ्गलबाट दुहागढीको मानव बस्तीमा तीनवटा हात्ती पसेको निवर्तमान वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिएका छन् । डिभिजन वन कार्यालय झापाको टोलीले हात्ती गाउँ पसेको बाहुनडाँगी क्षेत्रमा साइरनसहित गस्ती गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका