बैतडीको दशरथचन्दमा मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी « Khabarhub

बैतडीको दशरथचन्दमा मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्करराज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मतपरिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् । वडा न. ५ को केहि मत गणना बाँकी रहँदै लख्खाभाईले ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ ।

लख्खाभाई २०७४ को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् । यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् ।

उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।

एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न.१मा बिष्णु भट्ट, वडा न।२मा सुर्य बोहरा, वडा न.३मा अजव पाण्डेय, वडा न.४ मा भानदेव भट्ट, वडा न. ७ मा हरीदत्त बडु, वडा न.९ मा मोहन देव जोशी, वडा न.११ मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न.५ मा महेन्द्र कार्की, वडा न.८ मा चामुसिंह थापा र वडा न.१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ०३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा